दल

एमाले धादिङ अधिवेशनमा हात भाँचिने गरी धक्कामुक्का

इकागज |
माघ २१, २०८० आइतबार १२:१८ बजे

काठमाडौँ- नेकपा एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का भएको छ । एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि भएको धक्कामुक्काबाट सन्तोष खनालको हात भाँचिएको हो । 

एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले पटक पटक वार्ता र छलफल  गरेर समस्याको समाधान गरेर बन्दसत्र सुचारू गर्ने प्रयास गरेपनि सम्भव नभएको बताए । उनले बन्दसत्र सुरू गर्न झन्‌झन्‌ अशान्त र असहज परिस्थिति देखा परेको बताए ।


अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्‍न गर्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको उनले बताए ।

‘जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागिहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सृजना हुन पुग्यो । जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का समेत भयो' आइतबार एमाले बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आकमक र आतंकित परिस्थिति देखा पन्यो । यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ ।’ 
 


Author

थप समाचार
x