दल

रास्वपा संसदीय दलको बैठक बस्दै

इकागज |
माघ २२, २०८० सोमबार १३:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।

उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उनले बताइन् ।


'आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौँ', सचेतक डाँगीले भनिन् 'बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने छ ।'


Author

थप समाचार
x