दल

माओवादीको विधान सम्मेलन आजदेखि

इकागज |
फागुन १, २०८० मंगलबार ६:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरू हुँदैछ । 

नेपाल प्रज्ञा भवन, कमलादीमा आज बिहान ११ बजेदेखि अधिवेशन सुरू हुनेछ ।


जम्बो केन्द्रीय समिति निर्माण गरेको माओवादीले विधान अधिवेशनबाट १ सय ९९ सदस्सीय केन्द्रीय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिबार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको थियो । 

जसअनुसार आजबाट सुरू हुने विधान अधिवेशनमा १ सय ९९ सदस्सीय केन्द्रीय समितिको प्रस्ताव हुन लागेको हो । 

गत आइतबार र सोमबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानबारेमा समिक्षा गरेको थियो ।

सो अभियानले माओवादीलाई थप बलियो बनाएको जनाउँदै केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाई घाटा भएको जनाउँदै पुनर्विचार गर्नु पर्नेमा जोड गरेका थिए । 

पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि विधान सम्मेलनमा समिक्षा हुने जनाइएको छ ।


Author

थप समाचार
x