दल

महाधिवेशन तयारीबारे छलफल गर्न जसपाको बैठक बस्दै

इकागज |
फागुन ११, २०८० शुक्रबार ६:५० बजे

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ ।

पार्टी कार्यालय बालकुमारीमा बिहीबार रातिसम्म भएको बैठकमा राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरुको जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।


'बिहीबारको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ' उनले भने 'आज बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ ।'

जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।


Author

थप समाचार
x