दल

ओलीलाई प्रचण्डले दिए जन्मदिनको शुभकामना

इकागज |
फागुन ११, २०८० शुक्रबार १७:४३ बजे

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री प्रचण्डले ओलीलाई शुक्रबार फोन गरेर जन्मदिनको शुभकामना दिएका हुन् ।

'सम्माननीय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी जन्मदिनको अवसरमा सु-स्वास्थ्य तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ ।


ओली २०८० फागुन ११ गतेबाट ७३ वर्ष प्रवेश गरेका छन् ।


Author

थप समाचार
x