दल

मिटरब्याज पीडितको आन्दोलनमा जसपाको ऐक्यबद्धता

इकागज |
फागुन १५, २०८० मंगलबार १४:३७ बजे

फाइल फोटो

काठमाडाैँ-  जनता समाजवादी पार्टी (जसपा) नेपालले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । जसपाले मिटरब्याज पीडितहरुले अहिले ३ बजे भृकुटीमण्डबाट सुरु गर्न लागेको मार्चपासमा सहभागी भएर उनीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन लागेको हो ।

सरकारले उनीहरुको न्यायोचित माग र मुद्दालाई वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने र समस्या समाधानमा तदारुकता जनाउनु पर्ने जसपाको माग रहेको छ ।

पार्टीका कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा पार्टीका नेता, कार्यकर्ताहरू ऐक्यबद्धता जनाउन आन्दोलनमा सहभागी हुन लागेका हुन् ।



Author

थप समाचार
x