दल

एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:१८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको जिम्मा अब सुहाङ नेम्वाङको भएको बताएका छन् ।

इलाम पुगेर एमालेको विजयी सभालाई सम्बोधन गर्दै ओलीले इलामको विकासको जिम्मा सुहाङको भएको र आफू सुहाङको पछाडि रहेको बताएका हुन् ।


अब इलामको विकासमा केन्द्रित हुने भन्दै इलामका समस्यासँग आफू परिचित रहेको ओलीले बताए ।

ओलीले आफूले चुनावका क्रममा गरेका प्रतिबद्धताहरू चुनावी स्टन्ट होइनन् भन्दै आफूले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलामका मतदाताले सही उम्मेदवार छानेको बताउँदै सुहाङले राम्रो काम गर्ने बताए ।


Author

थप समाचार
x