दल

माधव नेपालसँगको छलफल सकारात्मक : रमेश लेखक

इकागज |
फागुन २३, २०८० बुधबार १२:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको छ ।

वैकल्पिक सत्ता गठबन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एकिकृत समाजवादीका नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ । 


समाजवादीका अध्यक्ष नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबीच भेटवार्ता भएपछि कांग्रेसले सो दाबी गरेको हो ।

सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको बताएका छन् ।

‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र एकिकृत समाजवादीका बीचमा सकारात्मक कुराकानी भएको छ, छलफललाई निरन्तरता दिने गरी आजको कुराकानी सकिएको छ, जे होस छलफल सकारात्मक छ ।
 


Author

थप समाचार
x