दल

गृहबाट बिदाइ हुँदै श्रेष्ठले भने - जनतामा आशा जगाउने काम गर्ने प्रयास गरे

इकागज |
फागुन २३, २०८० बुधबार १५:१५ बजे

फाइल फोटो

काठमाडौँ - निवर्तमान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मुलुकमा सुशासन कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका छन् । 

बुधबार मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा श्रेष्ठले आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै कायम गर्दै जनतामा आशा जगाउने काम गर्ने प्रयास गरेको बताएका हुन् । 


मिटरब्याज पीडितको समस्या गर्नका लागि आयोग गठन गरेर काम गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमार्फत उनीहरूको समस्या समाधान गर्ने प्रयास भइरहेको उनले बताए । 

उनले मिटरब्याज पीडितको समस्यामा मन्त्रालयले निरन्तर ध्यान दिनुपर्ने धारणा राखे । श्रेष्ठले विभिन्न प्रकरणमा भएका अनुसन्धानलाई नरोक्न र थप प्रभावकारी ढंगले अनुसन्धान गर्न आग्रह गरे । 

श्रेष्ठलाई गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख लगायतले बिदाइ गरेका थिए । 


Author

थप समाचार
x