दल

मन्त्री पदबिना बाँच्नै नसक्ने नारायणकाजी, प्रचण्डको कार्यकालमा तीन-तीन मन्त्रालयमा सरूवा

इकागज |
फागुन २३, २०८० बुधबार १५:५७ बजे

फाइल फोटो

काठमाडौं - नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् ।

पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरुवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन ।


जसअनुसार सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर कांग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे । 

अहिले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन । उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा शपथ ग्रहण गर्दैछन् । 

साथै, माओवादीले सबै मन्त्रीहरूलाई दोहोर्‍याउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन । उनले सम्भवतः नदोहाेरिने संकेत पाएर हुन सक्छ हिजो नै पुल्चोकस्थित मन्त्री क्वाटरबाट झिटीझाम्टा लिएर बाहिरएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ । 

तर, यसअघि कांग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहोरिएका छन । 


Author

थप समाचार
x