दल

प्रचण्डलाई विश्वासको मत दिनेबारेकाे निर्णय अध्यक्ष चाैधरीले लिने

इकागज |
फागुन २३, २०८० बुधबार १७:४४ बजे

फाइल फोटो

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले अन्ततः प्रतिपक्षमा बस्ने भएको छ ।

भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी नहुने भन्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । 


सो पार्टीको केन्द्रीय समितिको भर्खरै सम्पन्न बैठकले थप र आवश्यक राजनीतिक निर्णय गर्ने अधिकार अध्यक्ष रेशम चौधरीलाई दिएको छ ।

तत्काललाई प्रतिपक्षमा बस्ने निर्णय लिए पनि विश्वासको मत दिने बेलामा थप निर्णय गर्न सकिने सम्भावना भएको भन्दै राजनीतिक निर्णय लिने अधिकार बैठकले आफूलाइ दिएको चौधरीले बताएका छन् ।


Author

थप समाचार
x