दल

समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

इकागज |
फागुन २३, २०८० बुधबार १८:२२ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट दुई जना मन्त्रीको नाम टुंगो लगाएको छ । आज बसेको समाजवादीको सचिवालयको बैठकले मन्त्रीकाे लागि भानुभक्त जोशी र धनबहादुर बुढाको नाम टुंगो लगाएको हो । 

जोशीले संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्रालय र बुढाले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।



Author

थप समाचार
x