दल

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने

इकागज |
फागुन २६, २०८० शनिबार २१:५४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने भएको छ ।

बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 


आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले बताए । 


Author

थप समाचार
x