दल

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

इकागज |
फागुन २८, २०८० सोमबार १७:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम-२ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । त्यस्तै प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने भाग नलिने निर्णय गरेको उनले बताए ।


उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए ।

 उनले सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद् र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले बताए ।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईँले उपनिर्वाचनमा घण्टीको बलमा चुनाव लड्ने र पार्टीले जित हासिल गर्ने दाबी गरे ।

रास्वपाले इलाम-२ को उपनिर्वाचन लक्षित गरेर सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई यसअघि नै खटाइसकेको छ । एमाले सांसद सुवास नेम्वाङको निधनपश्चात् खाली भएको इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

 


Author

थप समाचार
x