दल

बेइमानीको राजनीति धेरै समय टिक्दैन : नेता कोइराला

इकागज |
फागुन २८, २०८० सोमबार २१:३७ बजे

फाइल तस्बिर

नवलपरासी- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आज आयोजित कार्यक्रममा उनले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाए । 

'केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,' नेता कोइरालाले भने ।


गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उनको भनाइ थियो ।


Author

थप समाचार
x