दल

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

इकागज |
फागुन २९, २०८० मंगलबार ११:३ बजे

फाइल फोटो

काठमाडौँ - सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्वीप जारी गरेको बताए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् । फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि रास्वपा  उपप्रधानसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।


Author

थप समाचार
x