कोशी

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

इकागज |
बैशाख २७, २०८१ बिहीबार १४:४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले कार्कीलाई समर्थन गरेका हुन् । कार्कीलाई आजै शपथ गराउने तयारी छ ।



Author

थप समाचार
x