क्रिकेट

पञ्जाबमाथि हैदराबादको शानदार जित, कलकताविरुद्ध क्वालिफायर खेल्ने

इकागज |
जेठ ७, २०८१ सोमबार १०:२८ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्समाथि सनराइजर्स हैदराबादले शानदार जित हात पारेको छ ।

आइतबार राति सम्पन्न खेलमा हैदराबादले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै हैदराबादले पहिलो क्वालिफायरमा कलकता नाइट राइडर्सविरुद्ध खेल्ने पक्का भएको छ ।


आइतबार रातिको खेलमा हैदराबादले २ सय १५ रनको लक्ष्य १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

हैदराबादको जितमा अभिषेक शर्माले २८ बलमा ६६ रन बनाउँदा ५ चौका र ६ छक्का हिर्काए । हेनरिच क्लासेनले ४२ तथा नितिश कुमार रेड्डीले ३७ तथा राहुल त्रिपाठीले ३३ रन बनाए ।

पञ्जाबका लागि अर्शदिप सिंह र हर्शल पटेलले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १४ रन जोड्यो । पञ्जाबका लागि प्रभसिमरन सिंहले ७१ रन, रिले रुसोले ४९ रन तथा अथर्भ ताइडेले ४६ रन बनाए ।

हैदराबादका लागि टी नटराजनले सर्वाधिक २ विकेट हात पारे ।


Author

थप समाचार
x