क्रिकेट

आईपीएलको उपाधिका लागि कलकता र हैदराबाद भिड्दै

इकागज |
जेठ १३, २०८१ आइतबार १६:७ बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज राति कलकता नाइट राइडर्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

कलकता र हैदराबादबीचको फाइनल खेल चेन्नईमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


जारी आईपीएलमा हैदराबादविरुद्धको दुवै खेलमा कलकताले जित हात पारेको थियो । लिग चरणमा कलकताले हैदराबादलाई ४ रनले पराजित गरेको थियो ।

त्यसैगरी, पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले पराजित गर्दै कलकताले फाइनलको यात्रा तय गरेको थियो ।

जारी सिजनको आईपीएलमा कलकताले पछिल्ला पाँचवटै खेलमा जित हात पार्दा हैदराबादले भने ३ खेलमा जित हात पारेको थियो ।


Author

थप समाचार
x