क्रिकेट

आईपीएलको एलिमिनेटरमा राजस्थानले बैँग्लुरुविरुद्ध खेल्दै

इकागज |
जेठ ९, २०८१ बुधबार १५:३० बजे

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटरमा राजस्थान रोयल्सले आज राति रोयल च्यालेन्जर्स बैँग्लुरुको सामना गर्दैछ ।

राजस्थान र बैँग्लुरुबीचको खेल अहमदाबादमा नेपाली समयअनुसार राति ७:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यी दुई टोलीबीचको विजेता शुक्रबार हुने दोस्रो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादको सामना गर्ने छ ।

पहिलो क्वालिफायरमा भने हैदराबादलाई पराजित गरेर कलकता नाइट राइडर्स फाइनलमा प्रवेश गरिसकेको छ ।


Author

थप समाचार
x