दल

लोसपाको केन्द्रीय समिति बैठक आज पनि

इकागज |
चैत ७, २०८० बुधबार ७:३ बजे

काठमाडौँ- लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

महोत्तरीको बर्दिवासमा हिजोदेखि सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।


राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिँडेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रीय समिति बैठक बोलाएको हो । 

बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गरेर निष्कर्ष निकालिने जनाइएको छ ।

नेताहरूले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समुह निर्माण गरिएको र उनीहरूले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन गरिने प्रवक्ता आभाष लाभले जानकारी दिए ।

बैठकमा ६४ जना पदाधिकारीसहित केन्द्रीय समितिका ३११ सदस्य उपस्थित रहेका छन् ।


Author

थप समाचार
x