दल

ओलीको दाबी : वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ

इकागज |
चैत १७, २०८० शनिबार १८:१ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दाबी गरेका छन् ।

एमाले बझाङ-काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ओलीले मतका हिसाबले पनि अन्तिम समयमा उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्ने दाबी गरेका हुन् । एमालेभन्दा माओवादीको मत धेरै भएको भए एमालेले सहयोग गर्ने भए पनि अहिलेको अवस्थामा माओवादीको मत कम देखिएकाले एमालेले छाड्न नमिल्ने उनले बताए ।


ओलीले एमाले अन्दाजका भरमा हिँड्ने पार्टी नभएको र कहाँको मत कति छ भन्ने स्पष्ट हिसाब राखेकाले एमालेले यसपटक शानदार ढंगले जित्ने बताए ।

उनले उपनिर्वाचनमा दुई सय युवाका दरले एउटा मतदान केन्द्रमा शान्तिपूर्ण तर बेठीक हुन नदिने गरी बस्न निर्देशन दिए । ओलीले हार्न मञ्जुर रहेको र बुथ कब्जा मञ्जुर नरहेको बताए ।

त्यस्तै ओलीले विगतमा विभिन्न कारणले एमालेविरुद्ध खतरनाक गठबन्धनको सामना गर्नु परे पनि यस पटक सुखद परिणामतर्फ रूपान्तरित चाहेको धारणा राखे । 


Author

थप समाचार
x