दल

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

इकागज |
बैशाख ८, २०८१ शनिबार १६:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताएका हुन् । उनले कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रूपरेखा समेत ल्याउन नसकेको जिकिर गरे ।


त्यस्तै संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन समेत कानुन बनाउन नसकेको उनले बताए । उनले अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरूसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै नबनेको धारणा राखे ।

देश र जनताको गम्भीर समस्याका बारेमा परामर्श नगर्ने तर प्रतिक्रियावादी भनिएकाहरूसँग राज्यबाट लाभ र सुविधा भागबण्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको उनले बताए ।


Author

थप समाचार
x