विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भ्रातृ संस्था हो ?
काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्दै प्रश्न गरेका छन् ।
शर्माले कांग्रेसले आयोजना गरेको सहकारी ठगीविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै महान्यायाधिवक्ताको कार्यालयले कहिले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी नभएको पत्र दिने कहिले दुई पासपोर्टमा तपाईँलाई कारवाही हुँदैन भनेर पत्र दिएको उल्लेख गर्दै महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो भन्ने प्रश्न गरेका हुन् ।
यस अघि संसद अवरोध गरिरहेको कांग्रेसले आज सहकारी ठगीविरुद्ध काठमाडौँको प्रदर्शनी मार्गमा प्रदर्शन गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया