दल

'तत्काल गठबन्धन तलमाथि हुने र माधव नेपाल गठबन्धन छाडेर हिँडिहाल्ने अवस्था छैन'

इकागज |
जेठ २१, २०८१ सोमबार १८:६ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले सत्ता समीकरण सहज ढंगले नै अघि बढिरहेको बताएका छन् ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले बाहिर हल्ला चलाएजस्तो सत्ता समीकरणभित्र कुनै समस्या नरहेको भन्दै सरकार र समीकरण सहज ढंगले नै अघि बढिरहेको बताएका हुन् । उनले विभिन्न दल मिलेर नयाँ समीकरण बनेको भन्दै दलहरूको फरक फरक विचार र बुझाइ हुनु स्वाभाविक भएको धारणा राखे ।


तत्काल गठबन्धन तलमाथि हुने र माधव नेपाल गठबन्धन छाडेर हिँडिहाल्ने अवस्था नरहेको उनको भनाइ छ ।​ उनले बजेटलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जनतामा आशा जगाउने काम गर्ने धारणा राखे ।


Author

थप समाचार
x