दल

शेखर समूहले टुङ्‍ग्यायो चार मन्त्रीको नाम

इकागज |
असार ३१, २०८१ सोमबार १०:५६ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले आफूले भाग पाएको चार मन्त्रालयका लागि मन्त्रीको टुंगो लगाएको छ । 

शेखर समूहबाट बद्री पाण्डे, रामनाथ अधिकारी, प्रदीप पौडेल र तेजुलाल चौधरी मन्त्री हुने भएका छन् । कोइरालाको सचिवालयले मन्त्रीको नाम टुंगो लगाएको जानकारी दिएको हो । 


 सभापति देउवा समूहबाट प्रकाशमान सिंह, रमेश लेखक, आरजु देउवा राणा, अजय चौरासिया, दिपक खड्का र ऐनबहादुर शाही मन्त्री बन्दै छन् । कांग्रेस सिंहको नेतृत्वमा सरकारमा जाँदै छ ।

नेकपा एमालेको केपी शर्मा ओली नेतृत्वको सरकारमा काँग्रेसले नौ मन्त्रालय पाएको हो । 


Author

थप समाचार
x