दल

संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्छ - सचेतक थिङ

इकागज |
चैत २८, २०८० बुधबार १५:१६ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद अवरुद्धको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी छिन् । 

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै थिङले करिब १ महिनादेखि प्रतिपक्षीले उठाएका विषयमा सरकार गम्भीर नभएका कारण सदन अवरुद्ध भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताएकी हुन् ।


अहिले सहकारी प्रकरणको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग महत्वपूर्ण भएकाले यसमा निष्कर्षमा पुगेपछि सदनमा विशेष महत्वको प्रस्ताव लगायत अन्य विधेयकमा छलफल गर्न सकिने उनले बताइन् । उनले आफ्ना मागका बारेमा ध्यानाकर्षण गराउन कांग्रेसले चाहेको कदम गलत भएको दावी गरिन् । 

सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै बुधबार पनि कांग्रेसले सदन अवरुद्ध गरेको थियो । 


Author

थप समाचार
x