दल

एकीकृत समाजवादीले सार्वजनिक गर्‍यो क्यूआर कोर्ड

इकागज |
बैशाख १८, २०८१ मंगलबार १७:८ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले आगामी १०औं महाधिवेशनका लागि आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको छ ।

मंगलबार काठमाडौँमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको हो ।


बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले क्यूआर कोर्ड उद्घाटन गर्दै २५ हजार जम्मा गरेको नेकपा (एकीकृत समाजवादी) का पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

उनले आर्थिक सहयोग संकलनका लागि रसिद प्याड छाप्ने काम भइसकेको बताए । त्यस्तै उनले महाधिवेशनका लागि क्यालेन्डर नै बनाएर आवश्यक तयारी भइरहेको उल्लेख गरे ।

श्रेष्ठले असारको १ गतेभित्र सबै महाधिवेशन प्रतिनिधि चयन भइसक्ने जानकारी दिए ।

बैठकमा अध्यक्ष नेपालले  पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताएका थिए । नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि निर्धारण गरिएको छ । 


Author

थप समाचार
x