दल

राप्रपा अध्यक्ष लिङ्देन अष्ट्रेलिया प्रस्थान

इकागज |
साउन ३२, २०८१ शुक्रबार ११:८ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका छन् ।​

मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । 


अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की  छन् । उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ । 
 


Author

थप समाचार
x