संसद्

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः राप्रपा

इकागज |
फागुन ३०, २०८० बुधबार १४:२३ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका हुन् । 


“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भने, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।”

उनले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिए । 


Author

थप समाचार
x