दल

सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ- लिङ्देन

इकागज |
भदौ १८, २०८१ मंगलबार १५:४२ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् ।


उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहीँ पनि विवादित नभएको कम्पनी नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प्रश्न गरेका छन् ।

अध्यक्ष लिङदेनले सरकार काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भने जस्तो गरिरहेको आरोप लगाए ।

सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छुट दिएको आरोप लगाए । उनले यस विषयमा आउँदा दिनमा आफूले विस्तृत रुपमा कुरा उठाउने बताए ।

       


Author

थप समाचार
x