दल

रवि लक्षित थापाको टिप्पणी : 'क्लिन चिट' पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम भयो

इकागज |
असोज १, २०८१ मंगलबार १३:३ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापित रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारबाहीको सिफारिस भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले 'क्लिन चिट' पाएको भन्दै जनताको आँखामा छारो हाल्ने काम भएको उल्लेख गरेका छन् ।


साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरूकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोपसमेत लगाएका छन् । 

उनले भने- 'क्लिन चिट' पायो ! होइन, कारबाहीको सिफारिस भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो । सत्य के हो भने, प्रमुख दलका नेता कार्यकर्ताहरूकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भइरहन्छ ।'


Author

थप समाचार
x