दल

आफूलाई पक्रेर देखाउन राजेन्द्र लिङ्देनको सरकारलाई चुनौती

इकागज |
असोज २, २०८१ बुधबार १८:१६ बजे

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । 

बुधबार काठमाडौंमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई पत्र प्रदान गर्दै लिङ्देनले संविधान दिवसका समयमा आफूलाई राज्यले नोटिसमा राखेको खबर पाएको भन्दै आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।​


आफू अहिलेको संविधानले व्यवस्था गरेको संघीयता, धर्म निरपेक्षताको विरोधी र विपक्षी भएको उनले बताए । उनले कुनै अराजकतामा आफ्नो भविष्य नखोजेकाले संयमता अपनाइरहेको धारणा राखे । 

लिङ्देनले अहिलेको संविधान जति परसम्म बोकेर लगिन्छ, त्यति नै जनताले दुख पाइराख्ने जिकिर गरे ।  हिजो र आजका राम्रा कुरालाई समेटेर अघि बढ्नुको विकल्प नभएको भन्दै जबरजस्त गरे ढिलो चाडो अहिलेको संविधान जनताले फ्याँक्ने र त्यसको नेतृत्व राप्रपाले गर्ने स्पष्ट पारे । 

राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा ल्याउँदै जिम्मेवारी दिएको हो । 


Author

थप समाचार
x