दल

प्रतिवेदनको कार्यान्वयन अघि नै क्लीन चिट पाएको दाबी नगर्न विश्वप्रकाशको सुझाव

इकागज |
असोज ५, २०८१ शनिबार १७:१५ बजे

फाइल फाेटाे

काठमाडौँ - कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै दोषीले उन्मुक्ति नपाउने बताए ।

नेपाली कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले प्रतिवेदनको कार्यान्वयन अघि नै कसैले क्लीन चिट पाएको दावी नगर्न सुझाव समेत दिए ।


 शर्माले सहकारी प्रकरणमा नाम आउने बित्तिकै कांग्रेस उपसभापति धनराज गुरुङले छानबिन गर्न आग्रह गरेको स्मरण गर्दै राज्यले गर्ने छानबिनमा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे । ​

उनले निर्वाचनमा पपुलर भोट ल्याउनेलाई पाँच बर्ष सत्ता चलाउन दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै संवैधानिक निकायमा नियुक्त गर्दा राजनीतिक हस्तक्षेप मुक्त बनाउनुपर्नेमा उनले जोड दिए । 


Author

थप समाचार
x