दल

माधवकुमार नेपालकोे पार्टीमा ३१ सांसद

इकागज |
भदौ २, २०७८ बुधबार १७:२ बजे

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमाले फुटाएर नेकपा एमाले (समाजवादी) पार्टी बनाउन निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपालसँग ३१ सांसद गएका छन् । नेता राजेन्द्र पाण्डेका अनुसार ३१ सांसद नयाँ पार्टीमा पुगेका हुन् । ‘हामीसँग प्रतिनिधि सभाका ३१ सांसद पुग्नु भएको छ,’ नेता राजेन्द्र पाण्डेले भने  । 

अर्का नेता जगन्नाथ खतिवडाले निर्वाचन आयोगबाट पार्टी दर्ताको प्रमाणपत्र लिने बेलासम्म सांसदको संख्या बढ्ने जानकारी दिए । अहिले नेताहरू निर्वाचन आयोगमा पार्टी दर्ता नम्बर लिन कुरेर बसिरहेका छन् । 


नेताहरूका अनुसार ३१ मध्य प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ९ सांसद हुन् । 
 


Author

थप समाचार
x