दल

रुपन्देहीमा कांग्रेस अधिवेशन

१६ पालिकामध्ये ५ मा निर्विरोध, ११ मा प्यानलगत प्रतिष्पर्धा

इकागज |
असोज ९, २०७८ शनिबार १८:४६ बजे

बुटवल : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तहमध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

मतदान अधिकृतहरूका अनुसार गैडहवाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाईको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिकको सभापतिमा मोहमद सहित खाँ, मर्चवारीको सभापतिमा जनार्दन यादव र ओमसतीयाको सभापतिमा भगवानप्रसाद चौधरीसहित सबै टिम निर्बिरोध निर्वाचित भएका छन् ।


गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो । निर्वाचन भएका स्थानमा प्यानलगत प्रतिष्पर्धा भएको छ । जहाँ देउवा र पौडेल पक्षकै रुपमा आपसमा भिडेका छन् ।
 
रोहिणीमा योगी निर्वाचित

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकाको सभापतिमा तारकनाथ योगी निर्वाचित भए । शनिबार नै सम्पन्न अधिवेशनबाट अर्का उम्मेदवार ईकवल खाँलाई १६ मतले पराजित गर्दै योगी निर्वाचित भएका हुन् । रोहीणी गाउँपालिकाका अन्य पदमा भने सर्वसम्मत भए ।

कुल १२५ क्षेत्रीय प्रतिनीधि रहेको रोहिणीमा सभापतिमा निर्वाचित योगीले ७० मत प्राप्त गरे भने अर्का उम्मेदवार खाँले ५४ मत प्राप्त गरेको मतदान अधिकृत टिकाराम शर्माले जानकारी दिए । उनका अनुसार १ मत बदर भएको थियो ।

जिल्ला निर्वाचन अधिकृत घिमिरेकाअनुसार राती १० बजेसम्म सबै स्थानीय तहको निर्वाचन र गणना समेत सम्पन्न हुनेछ ।


Author

थप समाचार
x