राजनीति

स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा

इकागज |
जेठ ७, २०७९ शनिवार १९:१६ बजे

काठमाडौं – नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् ।

राष्ट्रियसभा गृहमा जारी मतगणना १९ हजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुगेका छन् ।


पहिलो स्थानमा रहेका बालेन शाह उनीहरूभन्दा धेरै अगाडि छन्, लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा छन् ।


Author

थप समाचार
x