राजनीति

चुनाव नलड्ने सभामुख अग्निप्रसाद सापकोटाको घोषणा

इकागज |
असोज २२, २०७९ शनिबार १४:५१ बजे

फाइल फोटो

काठमाडौंँ - सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । शनिवार पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् ।

२०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए । यो पटक पनि उनी टिकटका आकांक्षी थिए । माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी थिए ।


सापकोटा र बस्नेतकै कारण सिन्धुपाल्चोकको टिकट बाँडफाँट सत्ता गठबन्धनका नेताहरुका लागि कठिन बनेको थियो ।

अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ । तर सापकोटाले चुनाव नलड्ने घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः जनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु ।’


Author

थप समाचार
x