राजनीति

रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने

इकागज |
असोज २३, २०७९ आइतबार १०:४१ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन्। उनले चितवन क्षेत्र नम्तबर २ बाट उम्मेदवारी दिने तयारी गरेका छन् । चितवन दुईबाट मनोनयन दर्ता गर्ने लगभग पक्का भएको पार्टीका नेता दीपक बोहराले जानकारी दिए । 

उनका अनुसार चितवन-३ लाई पनि विकल्पका रूपमा राखिएको छ । 'चितवन-२बाट उम्मेदवारी दिने लगभग पक्का भएको छ,' इकागजसँग उनले भने,' निर्वाचन क्षेत्र नम्बर ३ पनि विकल्पको रूपमा छ । दिउँसो २ देखि ३ बजेभित्र मनोनयनपत्र दर्ता हुन्छ ।'



Author

थप समाचार
x