राजनीति

लुम्बिनीका दुई मन्त्रीले दिए राजीनामा

विक्रम खड्का |
बैशाख ६, २०७८ सोमबार १३:५३ बजे

बुटवल : लुम्बिनी प्रदेशमा नयाँ सरकारको आव्हान गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले संयुक्त राजीनामा दिएका छन् ।  उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई संयुक्त रुपमा राजीनामा पत्र बुझाएका छन् ।  

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीज्यूबाट कम्युनिष्ट आन्दोलनको एकीकरण र जनभावना विपरित आफ्ना कदमहरु निरन्तर अगाडि बढाइ रहेकोले उक्त कदमको समर्थन गर्दै सरकारमा रहिरहन हाम्रो विचार, दृष्टिकोण र नैतिकताका हिसाबले नमिल्ने हुँदा आजको मितिदेखि प्रदेश सरकारबाट राजीनामा दिएको व्यहोरो अवगत गराउँदछौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।  



Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x