राजनीति

धनुषाकाे एक मतदान केन्द्रमा अझै मतदान सुरु भएन

इकागज |
मंसिर ४, २०७९ आइतबार १३:१४ बजे

जनकपुरधाम - धनुषाको एक मतदान केन्द्रमा अझै दिउँसाे एक बजेसम्म मतदान सुरु हुन सकेको छैन । जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा स्थित बिलट बौकु मावि (ख) केन्द्रको मतदान सुरु हुन नसकेको हो ।

प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा मतदान सुरु हुन नसकेको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए ।


मतपेटिका राख्ने क्रममा गडबडी भएपछि स्थानीयवासी र केही राजनितीक दलका कार्यकर्ताले विवाद गर्दा मतदान सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

अब विवाद सामाधान भइसकेकाेले सर्वदलीय बैठकपछि केहीबेरमा मतदान सुरु हुनेछ ।


Author

थप समाचार
x