राजनीति

इलाम–२ मा रोचक प्रतिपस्पर्धा : एउटा वडाकाे ग‌णना बाँकी रहँदा नेम्वाङ १३० मतले अगाडि

इकागज |
मंसिर १०, २०७९ शनिबार १५:२८ बजे

काठमाडौँ– इलाम–२ मा एमाले नेता सुवास नेम्वाङ १३० मतले अगाडि भएका छन् । उनलाई नेपाली कांग्रेसका डम्बर खड्कालाई १३० मतले पछि पार्दै  नेम्वाङ पहिलो स्थानमा उक्लिएका हुन् ।

इलाम वडा नम्बर ३ को गणना सकिँदा खड्का १६ मतले अगाडि थिए । तर, वडा नम्बर २ को मत गणना सकिँदा नेम्वाङ अगाडि आएका हुन् ।


अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको छ । हालसम्मको मतगणना अनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत पाउँदा खड्काले २९ हजार ५ मत पाएका छन् । 
 


Author

थप समाचार
x