राजनीति

मतगणनामा धाँधली भएको भन्दै सुनसरी–४ मा कांग्रेसको आपत्ति, मतगणना रोकियो

इकागज |
मंसिर १०, २०७९ शनिबार १६:२१ बजे

काठमाडौं– मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएपछि सुनसरी–४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । सञ्चारमन्त्री तथा यस क्षेत्रबाट कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै असन्तुष्टि जनाएपछि मतगणना रोकिएको हो ।

कार्कीले मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै आपत्ति जनाएका थिए । सो विषयमा छलफल र छानविनको मागसहित कार्कीले निर्वाचन आयोगसँग सर्वदलीय बैठकको माग गरेका छन् । कार्कीको मागपछि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले बैठक बोलाएको छ । 


सुनसरी–४ मा कार्की र नेकपा एमालेका उमेदवार जगदीश कुसियैतबीच मुख्य प्रतिस्पर्धा छ । कार्की २३ हजार ४३९ मतसहित झिनो मतान्तरले अगाडि छन् । कुसियैतले २३ हजार ३ ४१ मत पाएका छन् ।


Author

थप समाचार
x