राजनीति

धनुषा–४ मा कांग्रेसका यादवको अग्रता

इकागज |
मंसिर १२, २०७९ सोमबार १६:२७ बजे

फाइल फाेटाे

काठमाडौं– प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत मधेस प्रदेशको धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका महेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रघुवीर महासेठबीच तीव्र प्रतिस्पर्धा भइ रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका यादव २८ हजार ६५७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका महासेठ २७ हजार ९१० मतका साथ दोस्रो स्थानमा छन् । उनीहरू बीच ७४७ मतान्तर रहेको छ ।


त्यस्तै जनता समाजवादी पार्टीका महाजन यादव ४ हजार ७९४ मतसहित तेस्रो स्थानमा छन् ।


Author

थप समाचार
x