राजनीति

सुनसरी–३ मा चौधरी र गच्छदारबीच फराकिलो मतान्तर कायमै

इकागज |
मंसिर १२, २०७९ सोमबार १६:४९ बजे

फाइल फाेटाे

काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सुनसरी ३ मा जारी मतगणनामा नेकपा एमाले र नेपाली काँग्रेस प्रमुख प्रतिस्पर्धी छन् । एमालेकी भगवती चौधरी र काँग्रेसका विजयकुमार गच्छदार उम्मेदवार रहेको उक्त क्षेत्रमा एमालेकी चौधरीले निरन्तर अग्रता बढाइरहेकी छिन् । 

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार एमालेकी चौधरीले  ३१ हजार १४५ मतसहित अग्रस्थानमा छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका गच्छदार २६ हजार ५८८ मतका साथ दोस्रो स्थानमा छन् । उनीहरू बीच ४ हजार ५५७ को फराकिलो मतान्तर रहेको छ ।  त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनाली ६ हजार २० मतसहित तेस्रो स्थानमा छन् । 
 



Author

थप समाचार
x