राजनीति

मतगणना सुचारु नगरिए सडक संघर्ष थाल्ने एमालेको चेतावनी

इकागज |
मंसिर १२, २०७९ सोमबार १७:१३ बजे

काठमाडौँ- सुनसरी ४ को अवरुद्ध मतगणनाको विषयलाई लिएर एमालेले सडक संघर्ष थाल्ने चेतावनी दिएको छ ।

सुनसरी ४ बाट प्रतिनिधि सभा सदस्य नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अवरुद्ध मतगणनाको विषयलाई लिएर सडक संघर्ष गर्ने चेतावनी दिएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गरी एमाले उम्मेदवार कुसियतले मतगणनामा आलटाल भइरहेको र कानुनसंगत मतगणना गर्न आग्रह गरे । उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन विपरीत विषय उठान गरी मतगणना अवरुद्ध पारेको आरोपसमेत लगाए ।


उनले मतगणनामा ढिलाइ भए एमाले सडक संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिए ।

सुनसरी ४ को प्रतिनिधि सभातर्फको मतगणनामा काँग्रेसले धाँधलीको आरोप लगाएको छ । सो विषयलाई लिएर कांगेसले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको मागसहितको उजुरी हालेको छ । 


Author

थप समाचार
x