राजनीति

झापा फुटबलको उर्वरभूमि : अध्यक्ष ओली

इकागज |
फागुन १, २०७९ सोमबार २२:९ बजे

फाइल फोटो

झापा - नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा फुटबलको उर्वरभूमि भएको बताएका छन् । 

झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आज ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप–२०७९’ को खेल तालिका सार्वजनिक गर्दै अध्यक्ष ओलीले झापाले धेरै अब्बल खेलाडी उत्पादन गरेको बताए ।  उनले भने, 'मैले गोल्डकपलाई गर्नुपर्ने आवश्यक सहयोग गर्छु ।'


आयोजक संस्थाका अध्यक्ष दीपेश ढकालले प्रतियोगिताका आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताए । तालिकाअनुसार फागुन ७ गतेको उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुनेछ ।

मेची रङ्गशालामा हुने खेलका लागि करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत, रङरोगन तथा बाँसको अस्थायी प्यारापिट निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्ड कपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद रु २५ हजार प्रदान गरिनेछ ।

प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई नगद रु २० हजार प्रदान गरिने आयोजक भद्रपुर झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । 


Author

थप समाचार
x