राजनीति

भ्रममा नपर्नुहोला, ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

इकागज |
बैशाख २४, २०७८ शुक्रबार ११:५० बजे

फाइल तस्बिर

काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध पार्टी चाहिएको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

एमालेभित्र देखिएको चर्को विवाद समाधान गर्न अध्यक्ष ओली र नेपाल पक्षका नेताहरू छलफलमा भए पनि कुनै सहमति नभएको नेता नेपालले बताए । वार्ता र लचकता दुवै अपनाए पनि अहिलेसम्म कुनै सहमति नभएको उनले जानकारी गराए । 'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौँ किनकि यो हामीले निर्माण गरेको पार्टी हो' नेता नेपालले भने 'यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन ।'


नेता नेपालले विधान र नेतृत्व नै बटम लाइन भएको उल्लेख गरेका छन् । '२०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो' नेता नेपालले भनेका छन् 'इस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं ।'

हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Thursday, 6 May 2021


Author

थप समाचार
x