राजनीति

ईपीएस शाखालाई पर्यटनमन्त्री किरातीको प्रश्‍न : कोरिया जाँदा प्रतिव्यक्ति नाफा कति आउँछ ?

इकागज |
बैशाख ८, २०८० शुक्रबार १७:८ बजे

फाइल तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारी ईपीएस शाखा कोरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले प्रश्‍न सोधेका छन् । शुक्रबार उनले मन्त्रालयमा आयोजित एक अन्तर्क्रियामा ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाँदा कति लागत हो भनी प्रश्न गरेका थिए ।

- ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो ?


- प्रतिव्यक्ति नाफा कति आउँछ ?

- कति प्रतिशत बढाउन पाउने नियम छ ?

-कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके ?

- समग्रमा अहिलेसम्मको टिकटको बजेट कति हुन आउँछ ?

- कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ कोरियन एयरलाइन्सले किन अत्यधिक भाडा लिएको ?

 

 


Author

थप समाचार
x