राजनीति

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै कर्णाली संसद् अवरुद्ध

इकागज |
असार १३, २०८० बुधबार १४:३० बजे

सुर्खेत- कर्णालीको बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीले मनोमानी गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन नभएसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गत असार १ गते संसदमा पेस गरेको बजेटमाथिको मन्त्रालयगत छलफलमा बुधबार शून्य समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले बजेट संशोधन नभएसम्म सभालाई अगाडि बढ्न नदिने बताए ।

आज प्रदेशसभाको १६ औँ बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको थियो । तर, सदन सुरु भएलगत्तै एमाले प्रमुख सचेतक टेकराज पछाईले ‘बजेट पैत्रिक सम्पत्ति’ बाँडे जसरी बाँडिएको र यसबाट प्रदेशको विकास र परिवर्तन सम्भव नहुने बताए । साथै उनले बजेटमा पूर्ण रुपमा बिचौलिया प्रवेश गरेको पनि बताए ।


बजेट भाषणलगत्तै पत्रकार सम्मेलनमा अर्थमन्त्री बेदराज सिंहले स्वयं बजेट निर्माणमा बिचौलियाको दबाब रहेको विषय सार्वजनिक गरेपछि यस विषय झन् विवादतिर तानिएको हो ।


Author

थप समाचार
x